मिड सोलु हाइड्रोपावरको नाफामा कसरी उछाल आयो ? « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

मिड सोलु हाइड्रोपावरको नाफामा कसरी उछाल आयो ?



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा कम्पनीको नाफा शतप्रतिशत वृद्धि भएको हो ।

कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको नाफा १२३.१२ प्रतिशत बढेर २ करोड १६ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले ९६ लाख ८९ हजार रुपैयाँ मात्रै मनाफा कमाएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उछालले नै खुद नाफा उल्लेख्य वृद्धि भएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ७ करोड ५५ लाख १४ हजार रुपैयाँ बराबरको विजुली बेचेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीको विद्युत बिक्री आम्दानी १६९.९५ प्रतिशत बढेर २० करोड ३८ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड ९७ लाख ८ हजार रुपैयाँ राखेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्