एसियन लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷०७६ का लागि सेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १८ गते मंगलबार बसेको सञ्चालक समितिको १६० औँ बैठकले आर्थिक वर्ष २०७५/०७६ का सेयरधनीहरूलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले उक्त आर्थिक वर्षको नाफा–नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको छ । एशियनले लगातार २ वर्ष लाभांश दिएको छैन ।














