७ श्रावण २०८३, बिहिबार

सानिमा जनरलको सञ्चालकमा श्रेष्ठ र पोखरेल निर्वाचित



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालक समितिमा २ जना निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित गरेको हो । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो साधारण सभा केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

बुधबार सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६—०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६—०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको हो ।

त्यस्तै, आर्थिक वर्ष ७७र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि पारित भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्