सुनचाँदीको मुल्य बढ्यो, कति छ तोलामा ?
काठमाडौं । आज विहिबार सुनको मुल्य फेरी बढेको छ । आज सुन तोलामा घ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजारजना ९ सयमा कारोबार भइरहेको नेपाल सुिनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी एकैदिन तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको मघासंघले जनाएको छ ।
बुधबार सुन ३ सय रुपैयाँले बढेर छापाला सुन प्रतितोला ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी मंगलबार स्थिर रहेको सुन तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ ।
हिजो सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर रहेको थियो ।













