नयाँ उचाईमा पुगेको नेप्सेमा दोहोरो अंकको करेक्शन
काठमाडौं । निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको नेप्से बिहीबार सामान्य अंकले करेक्शन भएको छ । बुधबार नयाँ हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । तर साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले करेक्शन आएको हो ।
साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.११ अंकले घटेर ३०७९.८३ अंकमा बन्द भएको छ । यसअघि हिजो बुधबार ३०९४.९४ अंक पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता १ लाख ६ हजार पटक किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो १३ अर्ब २९ करोड १९ लाख ५४ हजार रुपैयाँको कारोबार भएको थियो ।














