सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो
काठमाण्डौ । आतवार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यवासायी महासँघले जनाएको छ ।
आइतबार चाँदीका मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य ५ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाम कारोबार भएको थियो ।












