७ श्रावण २०८३, बिहिबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो ।

कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता सेयर सूचीकृत भइके हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट कारोबार सुरू हुनेछ ।

लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् ।कम्पनीले असार १७ गतेदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो ।


प्रतिक्रिया दिनुहोस्