७ श्रावण २०८३, बिहिबार

स्पेशल प्रि ओपनिङ्गमा यूनियनको अधिकतमबाट कारोबार, मनकामनाको कारोबार किन भएन ?



काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ३४२ रूपैयाँमा कारोबार भएको हो । कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

तर स्पेशल प्रि ओपन सेसनमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुन सकेन । कारोबारमा म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो । स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुने छैन । त्यस अनुसार लघुवित्तको शेयर मंगलबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्