७ श्रावण २०८३, बिहिबार

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन हो ।

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले १०० रुपैया अंकित मुल्यका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आजैबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले उक्त शेयर खरिदका लागि न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आयोजना प्रभावित क्षेत्रका आवेदकले खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्