१२ श्रावण २०८३, मंगलबार

देउवाको गृह जिल्ला कै कांग्रेस प्रदेश सांसद कर्ण मल्लद्वारा पदबाट राजीनामा



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा कै गृह जिल्ला डडेल्धुरा मै नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले बिहिबार डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

मल्लले आफू साधारण सदस्य नरहने गरी काँग्रेसबाट निष्काशित भएकाले पदबाट राजीनामा दिएको बताएका छन् । मल्ललाई बुधबार काँग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय भएको थियो ।

उनलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने पार्टीबाट निष्काशन गरेको थियो । उनी लामो समय सभापति शेरबहादुर देउवाको विश्वासपात्रका भए पनि केही वर्षयता सम्बन्ध बिग्रिएको थियो ।

मल्लले आफू निकटस्थलाई नेकपा एमालेसँग तालमेल गराएर चुनावमा उठाएका छन् । यो सँगै डडेलधुराको राजनीतिमा तरङ्ग आएको छ