राजस्व संकलन जनकपुरमा घट्यो
काठमाडौं । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७।०७८मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन गरेको छ । आव २०७७।०७८मा ५३ करोड ५१ हजार ५७ हजार रुपैयाँ राजस्व सङकलन गर्ने लक्ष्य रहेकोमा ४४ करोड ५९ लाख ७१ हजार रुपैया सङकलन गरेको हो ।
जनकपुर भन्सार कार्यालयका अनुसार आव २०७७।०७८मा भन्सार महशुलतर्फ रु २१ करोड ७७लाख ८२ हजार , मुल्य अभिवृदिकरतर्फ २२ करोड ३३ लाख ८ हजार रुपैयाँ अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार रुपैयाँ र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार रुपैयाँ राजस्व सङकलन रहेको छ । भन्सार कार्यालय जनकपुरले आर्थिक वर्ष २०७८।०७९ मा लक्ष्यमा रहेको ५४ प्रतिशत मात्र राजस्व सङकलन गरेको छ ।
जो राजस्व कार्यालयले आव २०७८।०७९ मा ४८ करोड ५५ लाख ९२ हजार रुपैयाँ राजस्व सङकलनको लक्ष्य लिएकोमा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार रुपैयाँ राजस्व सङकलन गरेको थियो ।
भन्सार कार्यालय जनकपुरका अनुसारका आव २०७८।०७९मा भन्सार महसुलतर्फ रु २६ करोड १७ लाख ७७ हजार मुल्य अभिवृदि करतर्फ रु ९ करोड ७४ लाख ५९ हजार अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार रुपैयाँ र बोलतर्फ आयाततर्फ ७ लाख १५ हजार रुपैयाँ राजस्व सङकलन गरेको थियो ।













