वैदेशिक रोजगारीमा रहेको कामदार सामाजिक सुरक्षामा आवद्ध गर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकलाई नेपाल सरकारले सञ्चालन गरेको साामजिक सुरक्षामा आवद्ध गरिनुपर्ने गैआवासीय नेपालीहरुले आग्रह गरेका छन् । नेपाली कामदारले आफनो जवानी विदेशमा गुमाउँछन् । तर, बुढेशकालमा भने आर्थिक संकटमा पर्ने भएकाले उनीहरुको वृद्ध अवस्थालाई सुनिश्चित गर्न कोषमा आबद्ध गर्न आग्रह गरेका हुन् ।
संघका केन्द्रिय अध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउनका लागि गैरआवासीय नेपालीलाई नेपाल सरह अधिकार दिनुपर्ने बताएका छन् । संंघको एसिया प्यासिफिक नवौं क्षेत्रीय सम्मेलनका क्रममा बोल्दै आचार्यले लगानीको सीमा गैरआवासीयलाई हटाउनुपर्ने बताए । सरकारले पछिल्लो समयमा ५ करोडबाट २ करोडमा सीमा झारेको छ । तर, गैरआवासीयलाई जति लगानी गर्न पनि पाइने व्यवस्था गर्नुपर्ने गैरआवासीयहरुले माग गर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न ढिलाई गर्न नहुने आचार्यको सुझाव दिए । दुई खर्ब भन्दा बढी पैसा बाहिर रहेकाले तत्काल श्रमिकलाई कोषमा आबद्ध रकम भित्राउनुपर्ने उनले बताए ।
एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशी भूमिमा बसेर नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । दुई दशक अघि नेपाल भन्दा थाइल्याण्ड कमजोर देश रहेपनि अहिले तिव्र गतिमा विकास गरिसकेको भन्दै केसीले नेपालको संमृद्धिका लागि सबै एकुजुट हुनुपर्ने बताए । एसियाका आकर्षक गन्तव्य मुलुक खोजेर श्रमिकलाई रोजगारी दिन सकिने उनले बताए । थाइल्याण्ड, म्यानपावर र मलेसियामा नेपाली मूलका ५ लाख भन्दा बढी नेपाली रहेको भन्दै केसीले उनीहरुको पहिचानका लागि पहल गर्नुपर्ने बताए ।
संघका पूर्व अध्यक्ष भवन भट्टले नेपालको संमृद्धिका लागि गैरआवासीय नेपालीको लगानीले मात्र नपुग्ने भन्दै वैदेशिक लगानी ल्याउन सहजीकरण गर्नुपर्ने बताए । नेपालको विकासका लागि नेपाल पोलिसी इनिच्यिुट जस्ता अनुसन्धानमूलक सस्थाको काम प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । नेपालको संमृद्धिमा गैरआवासीय जोडिनुपर्ने र नेपालमा उत्पादन सामानको प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए ।













