चालु आवको पहिलो महिनामै ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

चालु आवको पहिलो महिनामै ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता



काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता भएको छ ।उद्योग विभागको तथ्यांक हेर्दा कुल उद्योगमध्ये ऊर्जामूलक पाँच, सूचना तथा प्रविधिमा आधारित दुई, उत्पादनमूलक पाँच, सेवामूलक र पर्यटनमूलक छ÷छ वटा गरी २७ वटा उद्योग दर्ता भएका छन् ।


जसमा सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्ने भएका छन् । यी उद्योग सञ्चालनमा आएपछि दुई हजारले रोजगारी पाउने सम्भावना रहेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा २५ अर्ब मूल्य बराबरको ३३ वटा उद्योग दर्ता भएका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्