आयात माथिको प्रतिवन्ध समुन्द्रपार निकासी पैठारी संघमो माग
काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आयात माथिको प्रतिवन्ध हटाउन माग गरेको छ । आयातमा प्रतिबन्ध लगाइएको सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको भन्दै संघले यो तथ्यलाई मनन गरी बाँकी ४ वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन माग गरेको हो ।
‘बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन भने अर्कातर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, आयातमा प्रतिबन्ध लगाइएको सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको छ, यो तथ्यलाई मनन गरी बाँकी ४ वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन जोडदार माग गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरेपनि कार जीप भ्यान, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायमै छ ।
बढी राजस्व हुने वस्तुको आयातमै प्रतिवन्ध लाग्दा लक्ष्य अनुसार राजस्व संकलन नहुने र ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको संघको भनाई छ ।
नेपाल राष्ट्र बैंकले महँगी नियन्त्रण गर्न भन्दै मुद्रा प्रदायकलाई कसिलो बनाउँदै ब्याजदर बढाउने नीति लिएको र महँगी नेपालको आन्तरिक कारणले नभई बाह्य कारणले भएको संघको जनाएको छ ।
















