क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
काठमाडौं । क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
क्रोएसियाविरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्याएका हुन् ।
स्ट्राइकर अलभारेजलाई गोलकिपर डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले ३४ औं मिनेटमा पेनाल्टी पाएको थियो ।













