राजनीतिमा तरङग: नयाँ गठबन्धन बनाउन चार दल बालकोटमा, यस्तो आयो संकेत
काठमाडौं । यति बेला नेपाली राजनीति तरङ्गित बनेको छ । नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई लगायतका नेताहरुबीच छलफल सुरु भएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।
प्रधानमन्त्री शेयर बहादुर देउवासँग कुरा नमिले पछि प्रचन्ड लगायतको टोलि बालकोट पुगेको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो ।
एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । यदि सहमति जुटेमा आजै सत्ता गठन हुने बताइएको छ ।













