२३ श्रावण २०८३, शनिबार

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सातको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १ हजार २ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार भने १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।