२६ श्रावण २०८३, मंगलबार

सुनको मूल्य बढ्यो,कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जनाकारी दिएको छ ।

साथै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बजारमा १२ सय ९० रुपैयाँ कारेबार भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँमा कारेबार भएको थियो ।