फेरि हल्लायो भूकम्पले सुदुरका पहाड
काठमाडौं । फेरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
केहि महिना यता निरन्तर भुकम्प गइरहेको सुदुरमा आज फेरी दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।













