भिजन लुम्बिनी उर्जाले ३८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३८ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अनुमति पश्चात कम्पनीले पहिलो र दोस्रो चरण गरी अकिंत मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्ने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।













