आत्मनिर्भर लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्कासन गरेको आइपीओ बाँडफाँट गर्दा १६ हजार भन्दा बढीले प्राप्त गरेका छन् ।
गोलाप्रथाबाट बाँडफाँट हुदाँ १६ हजार ९७५ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् तथा ५ जना भाग्यमानीले थप १–१ कित्ता सेयर प्राप्त गर्ने छन् । जसमा १५ लाख ९२ हजार भन्दा बढी आवेदकको हात भने रित्तो हुने देखिएको छ ।
पहिलो कारोबारको लागि ३७१ रुपैयाँ ८२ पैसा देखि १ हजार ११५ रुपैयाँ ४६ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७७।०७८ को वास्तविका प्रतिशेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने हुदाँ सो आधारमा ओपन रेञ्ज सो रकम पाउने देखिएको हो ।













