भूगोल इनर्जि डेभलपमेन्टको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा लागि निष्कासन गरेका आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँको १० प्रतिशतले हुने ५४ लाख ४० हजार ५३ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा फागुन ८ गतेदेखि चैत ७ गतेसम्म विक्री गरेको थियो ।
आयोजना प्रभावितका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्नेहरूका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला नौमुले द्वारी–३ बाहेकका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर चैत १२ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ बाँडफाँट गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरेको थियो ।
फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ विक्री गरेको कम्पनीले चैत ६ गते बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० को २० प्रतिशत दरको १० लाख ८८ हजार १०७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login













