७ श्रावण २०८३, बिहिबार

मोदी ईनर्जीको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड बराबरको १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने उक्त शेयरमध्ये १० प्रतिशत दरको ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत १७ गते बाँडफाँट गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/


प्रतिक्रिया दिनुहोस्