७ श्रावण २०८३, बिहिबार

दोल्ती पावरले गर्यो आइपीओ बाँडफाँट, यसरि हेर्न सकिन्छ आइपीआ रिजल्ट



काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजारको १० प्रतिशत दरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको थियो । उक्त सेयर चैत १७ गते बाँडफाँट गरेको हो ।

साथै, आइपीओमा रितपूर्वक प्राप्त नभएका आवेदकहरूको सेयर बापतको रकम चैत २० गतेदेखि सम्बन्धित आवेदको बैंक खातामा रकमान्तर गरिने जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यस अघि, कम्पनीले आयोजना प्रभावित स्थानीयबाहेक सर्वसाधारणमा जारी हुने जारी पूँजीको २० प्रतिशत दरको १० लाख ७२ हजार ९७२ कित्ता शेयरमध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । १ लाख ७ हजार २९८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/

मेरो सेयरको बेवसाइटः meroshare.cdsc.com.np/#/login

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको बेवसाइटः https://www.nicasiacapital.com/


प्रतिक्रिया दिनुहोस्