दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, प्रतिकित्ता कुनको कति ?
काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।साताको तेस्रो कारोबार दिन प्रभु बैंकको ऋण २०८७ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
सो दिन प्रभु बैंकको ऋणपत्र २०८७ को सेयर मूल्य ९.२९ प्रतिशतले अर्थात प्रतिकित्ता ७५ रुपैयाँ ६० पैसाले घटेको हो । योसंगै सो डिवेन्चरको सेयर मूल्य ७३८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ८.०३ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले घटेर ५७३ रुपैयाँ ९० पैसा कायम भएको छ ।














