८ श्रावण २०८३, शुक्रबार

ग्लोबल हाईड्रोपावर एसोशिएट्सले साढे ५८ करोडको आइपीओ निष्कासन गर्ने



काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ५८ लाख ६० हजार कित्ता बराबरको ५८ करोड ६० लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागेको हो ।

साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट््स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्