घलेम्दी हाइड्रोपावरको साधारण सभा वैशाख १६ गते, के के छन् एजेण्डा ?
काठमाडौं । घलेम्दी हाइड्रोपावरले नवौं वार्षिक साधारण सभामा बोलाएको छ ।
चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा वैशाख १६ गते सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बिहान १०:३० आव्हान गरेको छ ।
सभामा आवको २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । सभामा कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई पारित गर्ने एजेन्ड पनि छ ।
सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागि हुन वैशाख ६ गतेसम्म सेयर खरिद गर्नुपर्छ ।













