नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । आइतबार सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित तथा बैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणलाई निष्कासन गरेको आइपीओ सूचीकृत गरेको छ ।
नेप्से कम्पनीको ओपन रेञ्ज न्यूनतम ९८ रुपैयाँ ४३ पैसा देखि अधिकतम २९५ रुपैयाँ २९ पैसा दिएको छ । कम्पनीको आइपीओलाई नेप्से सिम्बोल दिएको छ ।













