रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक, पार्टीले गर्यो निलम्बन
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।
अनुशासन समितिले छानबिन गरेपछि उनलाई हुने कारबाही गर्ने रास्वपाले जनाएको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।













