नयाँ ब्रोकर, स्टक र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण लागि बाटो खुल्यो, सर्वोच्चमा परेको रिट खारेज
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
सर्वोच्चले रिट खारेज गरेसंगै अब नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सेञ्जको लाईसेन्स वितरणका लागि बाटो खुला भएको हो । अब नेपाल धितोपत्रबोर्डले लाईसेन्स वितरण प्रक्रिया अघि बढाउनेछ ।
गत बिहीवारका दिन नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। तर, अधिवक्ता दिपकबिक्रम मिश्रले दायर गरेको रिटमाथि आज आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो ।
न्यायधिशद्वय सिन्हा र माथेमाको संयुक्त इजलाशले रिट खारेजीको आदेश दिएको हो । यसअघि स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स दिन धितोपत्र बोर्डले गरेको नियमावली संशोधन नै गैर कानुनी भएको भन्दै परेको रिट पनि सर्वोच्चले खारेज गरिदिएको थियो।













