८ श्रावण २०८३, शुक्रबार

सीटी होटेलको आईपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । सीटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

म्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले तोकिएकै समयमा बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्