३१ श्रावण २०८३, आइतबार

अर्थमन्त्री डा महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता, के के भयो छलफल



काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा. महतको भेट भएको हो ।

भेटमा डा। महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।