३१ श्रावण २०८३, आइतबार

थप १७१ जनामा कोरोना संक्रमित पुष्टि, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ । यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।