छ्याङ्दी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोलायो साधारण सभा
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा बैशाख २८ गतेका लागि बोलाएको हो ।
सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्ध गरी शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निणर्यलाई स्वीकृति दिनेछ ।
साथै, सभाले गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।













