७ श्रावण २०८३, बिहिबार

मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल



काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सेयर सम्बन्धी कार्य गर्नको लागि सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९ बैशाख १८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्