३१ श्रावण २०८३, आइतबार

नेपाली सेनाले ४ हजार ५०० जना जनशक्ति माग



काठमाडौं । नेपाली सेनाले ४ हजार ५०० जना आवेदन माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गरी विभिन्न क्षेत्र गरी ४५०० सैन्य कर्मचारी माग गरेको हो ।

सैन्य परिवार तर्फबाट २२५, खुलातर्फ २ हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना मागेको हो ।

इच्छुक आवेदकले जेठ ७ गतेसम्म आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुरमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सैन्य पदको लागी कक्षा ८ उतिर्ण गरेको तथा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने छ ।