३१ श्रावण २०८३, आइतबार

एसीसी प्रिमियर कप वर्षाका कारण प्रभावित



काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण खेल प्रभावित भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो। तर, वर्षाको कारण अझै खेलको टस समेत भएको छैन। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।

दिउसो २।१५ बजेपछि पनि खेल हुने सम्भावना नभएमा म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले खेल रद्द भएको घोषणा गर्नेछन् ।

नेपाल र साउदीबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ। नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो।

प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। ए