२५ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ गरेका छन् । ईटहरी उपमहानगरपालिका२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













