अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता लिन एमालेको चेतावनी
काठमाडौं । सरकारले अयोग्य लडाकुलाई दुई र दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्।
गरिब मर्ने अवस्था आएको बेलामा राज्यकोषको दोहन गरेर दिनदहाडै देश लुटिएको आरोप लगाए।













