सवा २ करोडले घट्यो आँखुखोला जलविद्युतको नाफा, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीको खुद नाफामा घटेको छ । कम्पनीको नाफा २ करोड बढीले घटेको हो ।कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ७१.५८ प्रतिशतले कमी हो । गत आवको तेस्रो त्रैमासमा ३ करोड ४ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा गिरावट आएसंगै नाफा घटेको हो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.२० प्रतिशतले घटेको छ । सो अवधिमा कम्पनीले १५ करोड ४५ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको हो । तर, गत आवको तेस्रो त्रैमासमा कम्पनीले १७ करोड ३७ लाख बढी रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ २५ पैसा रहेको छ ।













