३१ श्रावण २०८३, आइतबार

युएइले छैटौं विकेट गुमायो



काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले छैटौं विकेट गुमाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएइले २२.५ ओभरमा ९० रन बनाउँदा छैटौं विकेट गुमाएको हो । गुलशन झाले बसिल हम्मिदलाई बोल्ड गरेका हुन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी, सन्दिप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका थिए। यससँगै यूएईले ९० रनमा ६ विकेट गुमाइसकेको छ।