३१ श्रावण २०८३, आइतबार

गुलशन झाले बनाए अर्धशतक



काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाली ब्याटर गुलशन झाले अर्धशतक बनाएका छन् ।

गुलशनले ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । नेपालका सुरुवाती ३ ब्याटर सस्तैमा आउट भएर नेपाल दबाबमा परेको बेला गुलशनले इनिङ सम्हाल्दै अर्धशतक बनाएका हुन् ।

उनलाई भिम सार्कीले साथ दिइरहेका छन् । गुइनिङको २९ औं ओभर चलिरहेको छ । नेपाल ३ विकेटको क्षतिमा १०२ रन बनाएर खेलिरहेको छ ।