३१ श्रावण २०८३, आइतबार

युएईलाई हराउँदै नेपाल एशिया कप २०२३ का लागि छनोट



काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले युएईलाई हराउदैं एशिया कप २०२३ का लागि छनोट भएको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाएको थियो

नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।