एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित
काठमाडौं । नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् । ् संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ ।
यसअघि सोमबार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्नका लागि सहयोग गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो ।













