३० श्रावण २०८३, शनिबार

काठमाडौं महानगरपालिकाले भोलिदेखि अव्यवस्थित तार हटाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि अर्थात बैशाख २५ गतेदेखि अव्यवस्थित तार हटाउने भएको छ । महानगरपालिकाले आफ्ना हाता भित्र रहेका तार हटाउन नेपाल दूरसंचालक प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सहमत भएका हुन् ।.

भोलि बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने महानगरले जनाएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।