एक कम्पनीको ८ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा
काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट लाभांश वितरण सुरु गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण सुरु गरेको हो ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
वैशाख १५ गतेदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।













