८ श्रावण २०८३, शुक्रबार

हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्दै लिवर्टी ईनर्जीको साधारण सभा सम्पन्न



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वार्षिक प्रतिवेदन, संचालकहरुको चयन गर्ने र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोड मध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएको छ । सभाबाट कम्पनीको हालको चुक्ता पूँजीको ५० प्रतिशतका दरले हुन आउने ७५ करोड बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुह (स्थानिय समेत) बाट १ जना गरि ६ जना सञ्चालकहरुको निर्विरोध निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्