३० श्रावण २०८३, शनिबार

मर्जर प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज (बैशाख २५ गते) युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित भएको हो ।

अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने गरी सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सहमतीमा अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

आ.व. को चैत्र मसान्त सम्म विभिन्न किसिमका बीमाहरुबाट कुल बीमा शुल्क रु. १४४.३१ करोड आर्जन भएको । यो बीमा शुल्क अघिल्लो आ.व.२०७८/०७९ को सोही अवधिको तुलनामा १७.६५प्रतिशतले बढी रहेको छ ।

सभाले यूनाइटेड इन्स्योरेन्सको सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने गरि गाभ्ने÷गाभिन कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभा प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्टस्को नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने ।

कम्पनीको निमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न तथा अभिलेख गर्दा गराउँदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।