८ श्रावण २०८३, शुक्रबार

तपाईको खातामा आठ प्रतिशत बोनस आयो ? छैन भने यसो गर्नुहोस्



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीको माघ २७ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित भएको आठ प्रतिशत बोनस बैशाख १५ गते सेयरधनीको खातामा जम्मा गरेको हो ।

हालसम्म भौतिक रुपमा सेयर धारण गर्नु भएका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भए पश्चात सम्बन्धित हितग्राही खातामा बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्