एमालेले पार्टी केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन
काठमाडौं । नेकपा (एमाले) ले पार्टी केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको जानकारी दिए ।














